भदौ १५ गतेदेखि स्कूलहरु खुल्ने (विज्ञप्तिसहित)

Samchar

काठमाडौं । काठमाडौंका एक नगरपालिकाहरुले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लाको गोकर्णेश्वर नगरपालिकाले भदौ १५ देखि विद्यार्थीहरुको भौतिक उपस्थितिमै नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयहरु खोल्न दिने निर्णय गरेको छ ।शुक्रबार सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने सहमति भएको नगरपालिकाले आइतबार विज्ञप्ति जारीमा उल्लेख छ

सामाजिक एवम् भौतिक दुरी र सबै स्वास्थ्य निर्देशनहरु पालना गरि मंगलबारदेखि विद्यालयहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।तोकिए बमोजिम स्वास्थ्य निर्देशिकाको पालना तथा व्यवस्थापन नभएको पाइएमा त्यस्ता विद्यालयहरुमाथि कारवाही हुने चेतावनी पनि नगरपालिकाले दिएको छ । त्यसैगरि धनुषाको मिथिला नगरपालिका, उदयपुरको कटहरी गाउँपालिका लगायतले पनि आफू मातहातका विद्यालयहरुलाई भौतिक रुपमै कक्षा सञ्चालन गर्न दिने निर्णय गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *