काठमाडौँ, १७ असार । सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री वसन्तकुमार नेम्बाङले जानकारी दिनुभयो ।योसँगै राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ । नेपाल–अंग्रेज युद्धका योद्धा थापालाई लामो समयदेखि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिँदै आएको थियो ।७३ वर्षको उमेरमा देउथलमा तत्कालीन इस्ट इन्डिया कम्पनी (अंग्रेज) विरुद्ध खुकुरी लिएर लडेका थापाको यही लडाइँमा मृत्यु भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
