अनलाइन टिभि पत्रकार संघ कैलालीको अदक्ष्यमा अंकित उप्रेती चयन हुनुभएकोछ । कैलालीको चिसापानीमा आयोजित अनलाइन पत्रकारहरुको भेलाले अंकित उप्रेतीको अदक्षताका ३ जना पछि थप गर्ने गरी १३ सदस्यीय नया तदर्थ कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा हिक्मत कुमार शाहि, सचिवमा दिपक रावल, सहसचिवमा भरतराज जोशि, कोषाध्यक्षमा पवित्रा सन्ज्याल रहेकाछन् भने सदस्यहरुमा गोबिन्द सोडारी, दिपेन्द्र बहादुर शाहि, खकेन्द्र थापा मगर, लक्ष्मण जोशि, मदनराज उपाधाध्य रहेकाछन् ।
नेपाल अनलाइन टिभि पत्रकार संघका संस्थापक केन्द्रिय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधि अमृतमान ओलिको अध्यक्षतामा भएको भेलमा अनलाइनमा आवद्ध १६ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।
भेलालाई संबोधन गर्दै केन्द्रिय सदस्य अमृतमान ओलिले सं’गठीत नयाँ टिमलाई निस्पक्ष भएर जनताको आवाज वोल्न आग्रह गर्नुभयो साथै पत्रकारीताको धर्मलाई नविर्सीएर आफना गतिवीधि वढाउनुपर्नेमा जोड दिनुभयको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****