ब्रिटिस गोर्खा आर्मीमा नयाँ भर्ना खुल्यो, कहाँ र कहिलेसम्म छ मिति ?

Samchar

बेलायत सरकारले गोर्खा सैनिकको नयाँ भर्ना खुलाएको छ । सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक–२०२२’ मा गरी ८ हजार नेपाली युवालाई क्षेत्रीय छनोटका लागि बोलाएको छ ।क्षेत्रीय छनोटमा ७४ जिल्लाका युवा सहभागी छन् । ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमार्फत जानकारी दिँदै अगस्ट २९ (भदौ १३ गते) बाट क्षेत्रीय छनोटका निम्ति पोखरा बोलाएको हो ।यसअघि कागजपत्र, अनुशासन, मेडिकललगायत कारणबाट भर्ती प्रक्रियाबाट बाहिरिएकाले पुनस् आवेदन दिन नपाउने नियम लागू गरिएको छ ।गोर्खा सैनिकतर्फ भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको चरण पूरा गर्नुपर्नेछ ।त्यसैगरी सिंगापुर प्रहरीका निम्ति नोभेम्बर १३ (कात्तिक २७) देखि मंसिर १३ गतेभित्र क्षेत्रीय छनोट पूरा हुने जनाइएको छ ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *