बेलायती सेनाका क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट सम्मानित,महारानीबाट पदक पाउने पहिलो नेपाली

सम्मानित,महारानीबाट पदक पाउने पहिलो नेपाली

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् ।

 

वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष ‘क्विन वर्थ डे अनर’बाट सम्मानित गरिएको हो ।

 

वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेका अधिकारीहरुलाई रानी एलिजावेथको जन्मदिनका दिन विभिन्न पदकबाट सम्मानित गर्ने गरिएको छ ।

उक्त पदक पाउनेमा अधिकांश विदेशी तथा वेलायती नागरिक रहेपनि नेपालगंज घर भएका शाह एकमात्रै नेपाली नागरिक हुन् । सम्भवत: बेलायती महारानीबाट नेपाली सैनिकले पाउन लागेको यो पहिलो पदक पनि हो ।

 

क्विन्स गोर्खा लजिष्टिक रेजिमेन्टमा कार्यरत शाहलगायत सुचीमा रहेका सबैलाई बेलायती रक्षा सचिव बेन वालेन्सले बधाईं समेत दिएका छन् । सुरक्षा क्षेत्रमा काम गरेकाहरुको उत्कृष्टताका आधारमा उनीहरुले राज्यबाट सम्मान पाउन लागेको बेनले उल्लेख गरेका छन् ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

+