बेच्ने अर्थमन्त्री, किन्ने स्वास्थ्य मन्त्री !

Samchar

काठमाडौ । माओवादी लडाकुहरूका निम्ति खरिद गरिएको अस्पताल सञ्चालन गर्न नसकेपछि बिक्री गर्ने र उक्त अस्पताल सावाँका सावाँमा खरिद गर्ने व्यक्ति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक साथ समेटिएका छन् । २०६३ सालमा खुला राजनीतिमा आएपछि लडाकुहरूको उपचार तथा रोजगारीका निम्ति भन्दै नेता जनार्दन शर्मा प्रभाकरको अगुवाइमा बालाजुस्थित ‘जनमैत्री अस्पताल’ खरिद गरिएको थियो ।

पहिले नारायण बजाज नामक मारवाडी व्यापारीको नाममा रहेको अस्पताललाई जनार्दन शर्माको टोलीले खरिद गरेपछि ‘जनमैत्री’ नामाकरण गरिएको थियो । अस्पतालको नाम परिवर्तन गरेसँगै माओवादीले अस्पताल धितो राखी बैङ्कसँग ऋण लिने प्रक्रिया अगाडि बढाएको थियो । तर लडाकुद्वारा सञ्चालित अस्पताल भएकोले बैङ्कहरू ऋण उपलब्ध गराउन मञ्जुर भएका थिएनन् ।

२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएपछि उनकै दबाबमा अठ्ठाईस (२८) करोड रुपैयाँ ऋण उपलब्ध गराउन बैङ्कलाई बाध्य पारिएको थियो । हिमालयन बैंकको नेतृत्वमा इन्भेस्टमेन्ट, राष्ट्रिय बाणिज्य बैङ्क, ग्लोबल र सिटिजनलगायत आठ वटा बैङ्कको ‘कन्सोर्टिएम’बाट ऋण दिलाउन त्यसबेला बाबुराम भट्टराईको दबाबमा नेपाल राष्ट्र बैङ्कलाई आफ्नो निर्देशिका बदल्न बाध्य पारिएको थियो । दीपेन्द्रबहादुर क्षेत्रीलाई गभर्नर बनाएर उनीमार्फत निर्देशिका बदलिएको थियो ।

‘प्राथमिकता क्षेत्र’ भनेर बढीमा पच्चीस लाखसम्म ऋण उपलब्ध गराउन सक्ने व्यवस्था राष्ट्र बैङ्क निर्देशिकाले गरेको भए पनि जनमैत्री अस्पताललाई ‘प्राथमिकता क्षेत्र’मा पारेर अठ्ठाइस करोड रुपैयाँ उपलब्ध गराइएको थियो । ‘जनमैत्री अस्पताल’बाहेक अन्य कसैले पनि त्यस किसिमको विशिष्ट सुविधा पाउन सकेका छैनन् । यसरी राष्ट्र बैङ्कको निर्देशिका नै परिवर्तन गरेर अठ्ठाइस करोड रुपैयाँ ऋण प्राप्त गर्न सफल भए पनि माओवादीको टीम अस्पताल सञ्चालन गर्न सफल भएन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *