पति बिल गेट्ससँगको सम्बन्धविच्छेदपश्चात मेलिन्डा गेट्स विश्वकै दोस्रो धनी महिला बन्ने भएकी छन् ।सम्बन्धविच्छेदका लागि मेलिन्डाले वासिङ्टनस्थित किङ काउन्टी उच्च अदालतमा दायर गरेको निवेदनमा पतिको सम्पत्तिको आधा हिस्सा माग गरिएको छ ।
निवेदनमा उनले विश्वका धनीहरुमध्येका एक माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्ससँगको आफ्नो वैवाहिक सम्बन्ध अप्रत्याशित रुपमा तोडिएको भन्दै उनको सम्पत्तिको आधा हिस्सा माग गरेकी छन् ।अदालतले उक्त निवेदनको पक्षमा फैसला गरे मेलिन्डा विश्वको दोस्रो धनी महिला बन्नेछिन् ।
उनले बिल गेट्सको कुल सम्पत्ति १४६ बिलियन डलरको आधा ७३ बिलियन डलर पाउनेछिन् । विश्वको सबैभन्दा धनी महिला फ्रेङ्कोइस बेटेनकोर्ट मायर्सको सम्पत्ति ८३ बिलियन डलर रहेको छ ।वासिङ्टनको कानुनानुसार पनि सम्बन्धविच्छेद गर्ने दम्पतीले सम्पत्ति बराबर भाग लगाउनुपर्ने हुन्छ ।
उनीहरुले विवाहपूर्व ’प्रिनप्सल एग्रिमेन्ट’ (सम्पत्तिको स्वामित्वसम्बन्धी सम्झौता)मा हस्ताक्षर नगरेकाले पनि मेलिन्डाको पक्षमा फैसला हुने बताइएको छ ।ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार बिल गेट्स विश्वका धनीहरुको सूचीको चौथो स्थानमा छन् ।यद्यपि, उनले ठूलो रकम दान नगरेको भए अझै विश्वका धनीहरुको शीर्ष स्थानमा रहेको हुने बताइएको छ ।
उनले आफ्नो सम्पत्तिबाट ४० बिलियन डलर विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दान गरेका छन् । यो फाउन्डेसनले विश्वका गरिब देशहरुमा शिक्षा, स्वास्थ्य र लैंगिक समानताका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।आफूहरुले फरक यात्रा तय गरे पनि फाउन्डेसनको परोपकारी काममा भने सहकार्य गरिरहने उनले बताएका छन् । यसअघि, अमेजनका मालिक जेफ बेजोस र मेकेन्जीको डिभोर्सलाई विश्वकै सबैभन्दा महँगो ठहर गरिएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****