बालोनडोर मेसि र रोनाल्डो रित्तो हात, यी खेलाडीले दुबैलाई उछिने

काठमाडौं : यूरोपियन फुटबलमा आवर्द बेल्जियमका फरवार्ड रोमेलु लुकाकु थप एक पटक बालोन’डोर दावेदारको रुपमा देखिएका छन् । इटालियन क्लब इन्टर मिलानका निम्ति सिरी ए उपाधि जिताउनुको साथै बेल्जियमलाई यूरो २०२० को उपाधि तर्फ मोडेका लुकाकु बालोन’डोरका निम्ति अग्र पंक्तिमा उक्लिएका हुन् । सिरी ए लिगका शिर्ष खेलाडीको रुपमा देखा परेका लुकाकुले व्यक्तिगत अवार्ड बालोन’डोरमा आफ्नो एकाग्रता बढाएका हुन् ।

पोर्चुगललाई १-० ले पाखा लगाउदै उपाधि तर्फ थप दावेदार मानिएको बेल्जियमलाई लुकाकुले व्यक्तिगत तर्फबाट निकै ठुलो योगदान दिइरहेका छन् । उनको व्यक्तिगत कला र बेगबाट बेल्जियम लाभान्वित छ । बेल्जियमका केभिन डे ब्रुइने जो प्रिमिएर लिगमा आवर्द रही म्यानचेस्टर सिटीका निम्ति प्रिमिएर लिग समेत जिताएका थिए, उनको समेत स्थानमा सुधार आएको छ । यद्यपी बेल्जियम विरुद्धको खेलमा भने उनले पूर्ण समय आफ्नो खेल खेल्न पाएनन् सतही आगामी खेलमा समेत उनको सम्भावना कम रहेको छ । पोर्चुगलको बहिर्गमनसंगै पोर्चुगलका डिफेन्डर रुबेन डियासको बालोन’डोर बरियतामा स्थान खस्कदो देखिएको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यूरोपियन शिर्ष मिडियाहरुले तयार पारेको बालोन’डोर बरियतामा हालसम्म चेल्सी एवम् फ्रान्सका प्रमुख मिडफिल्डर शिर्ष स्थानमा छन्, एन्गोलो कान्टे बरियताको शिर्ष स्थानमा रहेता पनि स्विजरल्याण्ड विरुद्धको हारसंगै यूरो २०२० मार्फत फ्रान्स बाहिरिएको छ । उक्त कारण उनको बरियतामा धक्का लाग्न सक्ने प्रबल सम्भाबना रहेको छ ।

यूरोपियन च्याम्पियनशिपमा दावी गर्नुको साथै यूरोपियन च्याम्पियन लिग साथै घरेलु लिगबाट मापन हुने बालोन’डोरमा कोपा अमेरिकाले समेत ठुलो भूमिका खेल्ने छ । अर्जेन्टिनी टोलीबाट कोपा अमेरिका २०२० खेलिरहेका लिओनेल मेस्सी बालोन’डोर बरियतामा पाचौ स्थानमा छन् । उनले अर्जेन्टिनी टोलीलाई हाल कोपा अमेरिका २०२१ को अन्तिम ८ मा पुर्याइसकेका छन् । ब्राजिलबाट कोपा अमेरिका खेलिरहेका साथै पी.एस.जीका स्टार नेय्मार भने सुचीमा ११ औ स्थानमा छन् ।

क्लब स्तरबाट शिर्ष स्तरमा रहेका पोल्याण्डका रोबर्ट लेवानडस्कीका निम्ति यस बर्षको बालोन’डोर समेत सङ्कटमा परेको देख्न सकिन्छ । उनको स्थान चौथो रहेता पनि उनको अघि लिओनेल मेस्सीले फड्को मार्न सक्ने प्रबल सम्भावना रहेको छ । लुकाकुको पछिल्लो स्तरले लेवानडस्की र मेस्सीलाई पछी पारिसकेका छन् । उनको अघि २ फ्रान्स अन्तर्राष्ट्रिय टिमका खेलाडी रहेका छन् । एम्बाप्पेको भूमिका फ्रान्सको खेलमा चल्न सकेन, दुई साताको खेललाई नियाल्दा उनको भूमिका फ्रान्स अन्तर्राष्ट्रिय टिममा उतिकै स्तरीय देख्न सकिएन जसको फलत समेत उनको बरियतामा सुधार आउने अवसर समेत सकिएको छ ।

यूरो २०२० मा केहि किर्तिमान सहित गोल्डेन बुटमा दावेदारी कायम राखेका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो भने बालोन’डोर बरियतामा सुधार सहित ७ औ स्थानमा छन् । समुह चरण मै ५ गोल गरेका रोनाल्डो सहित यूरो दावेदार पोर्चुगल अन्तिम १६ माथि उक्लिन सकेन । उनको स्थानमा थप सुधार पाइने अपेक्षा रहेता पनि उनको भूमिका पोर्चुगल अन्तर्राष्ट्रिय टिमका निम्ति शिर्ष रह्यो साथै उनले पहिलो पटक इटालियन लिगबाट गोल्डेन बुट जितेका थिए ।

बेल्जियमका केभिन रोनाल्डो भन्दा एक स्थान अघि रहेका छन् । फ्रान्सको हारसंगै एम्बाप्पे र कान्टेको बालोन’डोर बरियतामा कस्ती नतिजा आउने हो त्यो भने हेर्न बाकि नै रहेको छ, तर बेल्जियमका लुकाकु सहित लिओनेल मेस्सी बालोन’डोरको प्रमुख दावेदारीमा देखिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+