बालविवाह न्यूनीकरणका लागि ठोस रणनीति तयार गर्न सरोकारवालाहरुको सुझाव

Samchar

सुर्खेत : कर्णाली प्रदेशका सरोकारवालाहरुले बालविवाह न्यूनिकरणमा कानुनी सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका छन । आवाज संस्थाको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको कर्णालीमा बालविवाहको विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले यस्तो बताएका हुन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उक्त कार्यक्रममा २०७७र७८ मा सबै भन्दा जुम्लामा कम उमेरमा आमा बनेको बताइएको छ । “हामी सबैको एक्यवद्धता बाल विवाहविरुद्ध साझा प्रतिबद्धता” भन्ने मुल नाराका साथ कर्णाली प्रदेशस्तरीय सरोकारवाला निकायहरुबीच कर्णालीमा बाल विवाहको विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कर्णालीमा विभिन्न संस्थाले काम गरिरहेका छन् । “तर न कर्णाली प्रदेश सरकारले निति बनाएको छ, न रणनैतिक योजना नै बनाउन सकेको छ” । न अध्ययन नै भएको छ । अवका कार्यक्रम रणनैतिक योजना अनुसार गर्न र समन्वयात्मक ढंगबाट काम गर्न आवश्यक देखिएको उक्त कार्यक्रमका सहभागीले बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *