काठमाडौं : मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृ’त्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृ’त्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १÷१ जना रहेका छन् ।यस्तै बाढी, पहि’रो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, ४ महिला, १ बालक र २ बालिका रहेका छन् । बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । जसमध्ये १५ पुरुष, ५ महिला र २ बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा १ र रुपन्देहीमा १ जना छन् । वेप’त्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ सल्यानमा ८, दाङका ४ र कञ्चनपुरका ३ गरी १०९ जनाको उद्दार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
