बाढी पहिरोबाट एक महिनामा १५ जनाको मृत्यु, ५२८ परिवार विस्थापित

Samchar

मनसुन शुरु भएसँगै आएको बाढी र पहिरोबाट एक महिनामा १५ जनाको मृत्यु भएको छ । जेठ ३० देखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १५ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट बाढीले बगाएर दुईजना चिनियाँ र एकजना भारतीय नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियाजिओ र यु चि झूको शव फेला परेको छ । हेलम्बुबाट बेपत्ता भएका भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुली स्थित सुनकोशी नदीमा फेला परेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *