बाढीले पुरियो एम्बुलेन्स, बिरामीको मृत्यु, चालक घाइते

काठमाडौ । विरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स बाढीले पुरीदा बिरामीको मृत्यु भएको भने चालक घाइते भएका छन् । कास्कीको पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स बाढीमा पुरिएको हो । बाढीमा ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा त्यसमा रहेका बिरामीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।मादी गाउँपालिका वडा नं। ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउने क्रममा खहरे खोलामा एक्कासि बाढी आएर एम्बुलेन्स पुरिएको हो । एम्बुलेन्स पुरिँदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको मृत्यु भएको छ । माथिबाट बाढी आएपछि भाग्ने क्रममा एम्बुलेन्स चालक सुवास अधिकारीलाई बगाएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+