काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक बितेको छ । महाकाली नदीको बाढीले कहिल्यै डुबानमा नपरेको उसको घर यो वर्ष डुवानमा परेको छ ।बाढीले उनको घरसहित बस्ती नै डुबानमा परेको छ । ‘योभन्दा पहिले हाम्रो बस्तीमा बाढी आउदैन थियो, चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो,’ उनले भने, ‘दुई दिनदेखि त्रिपालमा बसिरहेको छु ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
बस्ती पूरै डुबानमा परे पनि सहयोगका लागि कोही नआएको उनको गुनासो छ । ‘दिनभरि मजदूरी गरेर साँझबिहान हातमुख जोर्ने जोहो मिलाएका थियौँ, सबै बाढीले बगाएर लग्यो,’ एरीघाटका अर्का बाढीपीडित जयसिंह चैसिरले भने, ‘अब के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ ।’
चुनावमा भोट माग्न नेता तथा कार्यकर्ता आए पनि अहिले कसैले वास्ता नगरेको उनको भनाइ छ ।महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी बस्तीमा पसेको हो । सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयवासीको भनाइ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****