बाकसभरी पैसा ल्याउछु भनेर बिदेशिएका धनसेर आफै फर्किए बाकसमा

खोटाङ / विदेसिने नागरिकको सपना हुन्छ, धेरै पैसा कमाउने अनि परिवारलाई सुख शयलका साथ पाल्ने। छोराछोरीलाई उचित शिक्षा दिक्षा दिलाउने। प्रवासमा दश नंग्रा खियाउँदा कतिपयको सपना पुरा हुन्छन् पनि। तर, कतिपयको सपना विचैमा भताभुंग बन्न पुग्छ। बैदेसिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले फोक्टीका धनसेर राईको सपना त्यसरी नै सँधैका लागि भताभुंग बनेको छ। बाकसभरी सम्पत्ती लिएर आउने सपनामा विदेसिएका राई स्वयंलाई बाकसभित्र मृत फर्काइएका छन्।धनसेर अल आइडर कम्पनीमा लेवरको काम गर्न २०७५ साल जेठ ९ गते साउदी अरेबिया पुगेका थिए। काम गर्नेक्रममा छातीमा सामान्य आगोले पोलेको निहुमा अस्पताल भर्ना भएका उनको उपचारकैक्रममा मृत्यु भएको आफन्तको भनाई छ। राहदानी नम्बर ०६१५८३९२ भएका धनसेर दुई वर्षका लागि साउदीअरब पुगेका थिए। गत जेठ १९ गते मृत्यु भएका राईको शव त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल हुँदै गाउँमा ल्याएर दाहसंस्कार गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।मृतक धनसेर राईका श्रीमती, एक छोरा र एक छोरी छन्। वृद्धवृद्धावस्थाका आमा बुवा छन्। सुन्दर भविष्यको सपना बोकेर विदेश पुगेका छोरा बाकसमा आउँदा ९० वर्ष पार परेका बाबुआमा उत्तिकै मर्माहत देखिन्थे।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment