बहिनीले ढालेको रुखको हाँगाले लागेर दिदीको मृत्यु

धनकुटामा बहिनीले ढालेको रुखको हाँगाले लागेर दिदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–२ हिलेखर्ककी ५७ वर्षीया टङ्कमाया पुलामी रहेकी छन् ।आइतबार दिउँसो साढे ३ बजे उनी आफ्नै बारीमा घाँस काटिरहेकी थिइन् । सोही अवस्थामा उनकै बहिनी १५ वर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर टङ्कमाया गम्भीर घाइते भएकी थिइन् ।घाइते टङ्कमायाको सैनिक अस्पताल इटहरीमा उपचारको क्रममा हिजो राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment