बहालवाला सरकारी कर्मचारी, शिक्षक र प्राध्यापकले माधव नेपालको पार्टी सदस्यता नपाउने

काठमाडौँ । ‘जुन हिसाबको संस्कार, जुन किसिमको परिपाटी केपी ओलीले स्थापित गर्न खोज्नुभएको छ त्यो भन्दा नितान्त भिन्न यो हुनेछ’, नव गठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबार निर्वाचन आयोगले आफ्नो पार्टीलाई मान्यता दिएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो पार्टी क्रान्तिकारी र संस्कारयुक्त हुनेछ ।’केपी ओलीले एमाले पार्टीलाई निजी कम्पनी ठानेर आफूहरूलाई निष्कासन गरेपछि नयाँ पार्टी गठन गर्न बाध्य भएको बताएका नेपालले विद्रोहीहरूको पार्टी भएकाले सोही अनुसार अघि बढ्ने समेत बताए ।

‘विद्रोही चेत र आँटका साथ हामी अघि बढेका छौँ, हामी पुरानो लिकमा जाँदैनौं, पुरानो बाटो पछ्याउँदैनौँ’, अध्यक्ष नेपालको दाबी छ ।त्यसो त नेकपा (एकीकृत समाजवादी) ले कस्ता कस्ता व्यक्तिहरू पार्टीको सदस्य बन्न सक्छन् भन्ने विधानमा उल्लेख गरेको छ ।नेकपा एस को विधानको धारा ९ मा साधारण सदस्य सम्बन्धी व्यवस्था गरिएको छ । विधानअनुसार बहालवाला सरकारी कर्मचारी, शिक्षक, प्राध्यापकले सदस्यता लिन नै पाउने छैनन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+