बस दुर्घटनामा, २७ जनाको मृत्यु ! दया भएकोले मात्र रिप लेखनु होला !

लिमा । दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारीअनुसार स्थानीय समयअनुसार बिहान ३ बजे अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

राजधानी लिमाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटना स्थलको प्रारम्भिक रिपोर्टअनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ ।

दुर्घटना भएको सूचनालगत्तै उद्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरि नजिकैको अस्पताल लगिएको छ । पेरुको प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment