बलिउड फेरी शोकमा, दिग्गज अभिनेता दिलीप कुमारको निधन

एजेन्सी । बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ । ९८ वर्षीय दिलीप कुमार लामो समयदेखि बिरामी थिए। उनलाई सास फेर्न गाह्रो भएको कारण अस्पतालमा भर्ना गरिएको थियो। उनको मृत्युको खबर आएको भारतीय मिडियाले जनाएका छन् । दिलीप कुमारको आधिकारिक ट्विटर ह्यान्डलमा उनको मृत्यु भएको पुष्टि गरिएको छ।
एएनआईका अनुसार उनको उपचार गरिरहेका पल्मोनोलोजिष्ट डा जलील पारकरले पनि उनी अब यो संसारमा नरहेको समाचार दिएका थिए। दिलीप कुमारलाई हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो। दिलीप कुमारको स्वास्थ्य बिग्रिएपछि उनकी श्रीमती सायरा बानो सोशल मीडियाको माध्यमबाट लगातार अपडेट गरिरहेकी थिइन्।

यसभन्दा पहिले पनि यस वर्ष दलीप कुमारलाई दुई पटक अस्पतालमा भर्ना गरिएको थियो। यद्यपि उनलाई केही दिनमै डिस्चार्ज पनि गरियो। तर यस पटक, प्रशंसक र नजिकका लाखौंको प्रार्थना पछि पनि दिलीप यस संसारबाट विदा भए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment