नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई २४ घण्टाभित्र बर्खास्त गर्न माग गरेको छ। अनेरास्ववियूले बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त नगरिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
‘बलात्कार आरोपी मन्त्रीलाई २४ घण्टाभित्र बर्खास्त गरी अनुसन्धानमा सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग माग गर्दछौं,’ अनेरास्ववियूका अध्यक्ष धुपेन्द्रबहादुर शाही र युवा संघका अध्यक्ष कमल खड्का ‘जुनी’ले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदी तोकिएको समयभित्र बर्खास्त नगरेमा चरणवद्ध आन्दोलनसहित सडकमा उत्रिन बाध्य हुनेछौं।’
विज्ञप्तिमा मन्त्रीमाथि बलात्कारको संगीन आरोप लाग्दासमेत सत्यतथ्य छानविन तथा अनुसन्धानका लागि आरोपितलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्नेमा उल्टै समाचार लेख्ने पत्रकारलाई ज्यानमार्ने धम्की दिइनु र सरकारमा सहभागी दलहरु मौन बस्नु निन्दनीय र खेदजनक भएको बताएको छ। ‘मन्त्रीनै बलात्कारजस्तो गम्भीर अपराधमा संलग्न हुनु आम नागरिकका लागि दुःखको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त गरेर छानविन तथा अनुसन्धानमा सघाउन प्रदेश सरकारसँग जोडदार माग गर्दछौं।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****