फेरी चर्चामा पूर्वराजा ज्ञानेन्द्र,

Samchar

काठमाडौं – अफगानिस्तानमा राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको चर्चा भएको छ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरिसकेको छ ।
आफगानिस्तानमा राष्ट्र प्रमुख विदेशीको शरणमा पुगेका बेला नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको चर्चा भइरहेको छ । खासगरी हिन्दुवादी, राजावादी, राप्रपा लगायत पुराना स्वतन्त्र व्यक्तिहरुले पूर्वराजा शाहको भूमिकाको प्रशंसा गरिरहेका छन् ।यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका छन् । राप्रपा अध्यक्ष थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेको प्रसंगलाई जोड्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *