नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिटमा आज सुनुवाइ हुन सकेन।
न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएपनि आज उक्त मुद्दा सुनुवाइ हुन नसकेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।
घिसिङको नियुक्ति बदरको मागसहित निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यले मुद्दा दायर गरेका थिए ।
शाक्यले आफूलाई गैरकानुनी तवरबाट प्राधिकरणको प्रमुख पदबाट हटाइएको दाबी गर्दै पुनः नियुक्तिको माग समेत गरेका छन् ।आज पेसीमा तोकिए पनि मुद्दा हेर्न नभ्याइएको अधिवक्ता पौडेलको भनाइ रहेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
