महोत्तरीमा एक प्रहरी जवानले देह त्याग ग रेका छन् । सोमबार मध्यरातमा आँ पको रू ख मा पा सो ल गा ई उनले देह त्या ग ग रेका हुन् । प्रहरी चौकी सम्सीबाट करिब सात सय मिटर उत्तर–पश्चिम खाली चौरमा रहेको आँ पको बो ट मा पा सो ला गे को अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव भेटिएको हो ।
ड्युटी सकेर राति सुतेका साहले के–कति कारणले देह त्याग ग रे भन्ने अझै नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका – १ घर भई ढल्केबरस्थित प्रहरी गणमा दरबन्दी भई विगत सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको जेठ ७ गते बिहे रहेको र बिहेकै लागि बिदा लिएर घर जाने तयारी रहे पनि मंगलबार बिहानै उनको शव झु न्डि एको अ व स्थामा फेला परेको हो ।
मृ तक प्र हरी जवान साहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरू आएपछि थप प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ ।