प्रदेश १ का सांसद् भन्छन् – माधव नेपालको साथ छाड्न मन्त्रीको अफर आयो

नेकपा एमाले पार्टी विभाजनपछि प्रदेश १ मा सांसदहरूको तानातान सुरु भएको छ । शुक्रबार मात्र शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर प्रदेशको दोस्रो मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । सो लगतै प्रदेश सरकारको नेतृत्व गरिरहेका आचार्यको सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आवश्यक बहुमत सङ्ख्या पु–याएर सरकार जोगाउनका लागि सांसदहरू तानातान सुरु भएको हो । मुख्यमन्त्री आचार्यसहित सत्तापक्षका नेताहरू विभाजनपछि नयाँ पार्टीमा जाने सांसदलाई रोक्न मन्त्रीको अफर समेत गर्न थालेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

संविधानले मुख्यमन्त्री बनेको ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिने पर्ने अवस्था संवैधानिक व्यवस्था छ । एमाले भित्रकै सांसदलाई नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा जानबाट रोक्न नसकेको खण्डमा उनको नेतृत्वको सरकार ढल्ने अवस्था छ । पद जोगाउने प्रयासमा मुख्यमन्त्री आचार्यले माधव नेपालको अध्यक्षतामा गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरिरहेका छन् । मुख्यमन्त्री आचार्यले एमाले छोडेर समाजवादीमा जान तयारीमा रहेको सांसदलाई मन्त्री पदको प्रलोभन देखाएको सांसदहरूले बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+