प्रदीप नेपालले माधव नेपालको साथ किन छाडे ? यस्तो छ कारण

Samchar

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् ।सोमबार फेसबुकमार्फत आफूले माधव कुमार नेपालले धोका दिएकोले आफूले साथ छाडेको घोषणा गरेका हुन् ।पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको तर माधव नेपालले यस विषयमा धोका दिएको उनको आरोप छ ।बारम्बारको कुराकानीमा आफूले जबज हुँदैन भने आफ्नो नाम नलेख्नुस् भनेको तर त्यसो हुन नसकेकोले एकीकृत समाजवादीमा आफू बस्न नसक्ने उनले बताए ।नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । यस्तै उनले आफू नाताशाहीको विरोधी रहेकोले केपी ओलीसँग पनि नरहने बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *