प्रचण्ड-माधवको नयाँ पार्टी घोषणा , अध्यक्ष को ?

नयाँ पार्टी खोलेर माओवादीमा बिलय हुने प्रचण्डसँगको पूर्वसहमति अनुसार नै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बिपक्षी गठबन्धनमा सामेल भएको तथ्यहरुले देखाएको छ । एमालेबाट निश्काशित नेता नेपाल अहिले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको बिपक्षी गठबन्धनमा सहभागी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एकजुट भएका थिए । प्रधानमन्त्री ओलीविरुद्ध एक भई नेकपाको फरक खेमा बनाई शक्ति बाँडफाँड गरी दुवै नेता अध्यक्ष भएका थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रचण्ड र नेपाल पुरानै अवस्थामा फर्किए। तर, दुवैको एकता टुटेन । प्रचण्ड र नेपाल अहिले विपक्षी गठबन्धनमा छन् ।प्रचण्ड र नेपालले भविष्यसम्मलाई मध्यनजर गरी एक भई बढ्ने खाका बनाइसकेको बुझिएको छ । यसका लागि विकल्पहरु तयार समेत गरेका छन् । जसअनुसार नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता भई प्रमाणपत्र मिलिसकेको छ । दर्ता अरुको नाममा भएपनि यसका पछाडि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालनै सहभागी छन् ।जीवन राई नेतृत्वको नेकपा एकीकृतको कलम चिन्ह छ । कलम चिन्ह लिएर नेपाल समूहका खिमलाल देवकोटा राष्ट्रिय सभाको चुनाव जितिसेका छन् । यो संयोग मात्र होइन । अब सुर्य चिन्ह छाडेर नेपाल कलम चिन्हबाट चुनावमा जाने तयारीमा छन् । उनले एमालेमा अव फर्कन नसकिने निश्कर्षसहित नयाँ दल खोलेर बढ्ने रणनीति बनाएका हुन् । यही दलमा नेपालसहित प्रचण्ड नेतृत्वमा रहेर बढ्ने योजना बनेको बुझिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment