प्रचण्डलाई फा’इदै फा’इदा: केपि ओलीलाई सत्ता जोगाउन महा-स’कस…

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता राजनीतिमा निर्णायक शक्ति नभएको साँढे ३ वर्ष भइसकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डकै मुख्य भूमिका थियो । तर, त्यसपछिको साँढे ३ वर्ष प्रचण्ड निरन्तर कमजोर बन्दै गए ।

 

प्रचण्डले सुरुमा आफू पक्षीय नेताहरुलाई शक्तिशाली मन्त्रालय दिलाउन सफल भए । तर, ती नेताहरुले नै उनको साथ छाडे ।

 

२३ फागुन २०७७ को सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्ड केही समय कमजोर भए । उनी खेमाका मन्त्रीहरु ओली सरकारबाट हटाई । बादल र लेखराज भट्टले माओवादी त्यागेर एमालेमा जोडिन पुगे । प्रतिनिधि सभाका ४ प्रत्यक्ष निर्वाचित सांसद नै दल त्याग गरेर गए ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

 

कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार धरमरायो । तर, प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा, एमालेका माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादवसँग गठबन्धन बनाउन सके । गठबन्धन उनका लागि फाइदाजनक भयो ।

 

कर्णालीमा एमालेबाट फ्लोर क्रसको अवस्था बनाएर भएपनि महेन्द्रबहादुर शाहीको सत्ता जोगाए । सुदूरपश्चिममा पनि त्रिलोचन भट्ट नेतृत्वको सरकार जोगियो । दुवै माओवादीबाट मुख्यमन्त्री बनेका हुन् । अब कुनै आश्चर्यजनक घटना नभए अर्को चुनावसम्म कर्णाली र सुदूरपश्चिममा माओवादी नेतृत्वकै सरकार रहन्छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

+