प्रचण्डलाइ काग्रेस नेताको चेतावनी काग्रेसको बुइ चढेर चुनाव जित्ने सपना नदेख्नू,

Samchar

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनाव सम्मै नेपाली काग्रेस सँग सहकार्य गर्ने र काग्रेस सँगै गठबन्धनमा चुनावमा जाने प्रस्ताव गरेपछि नेपाली काग्रेस भित्र तिब्र असन्तुष्टि देखिएको छ ।ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा नेपाली काग्रेसका नेता लोकेश ढकालले काग्रेसको भोटले चुनाव जितेर सांसद बन्ने सपना नदेख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् ।

काग्रेसले आफ्नै खुट्टामा उभिएर चुनावको सामना गर्नु पर्छ भन्दै नेता ढकालले माओवादी सँग चुनावमा सहकार्य गरेर जाने कुरा कल्पना पनि गर्न नसकिने बताए । माओवादी या कुनै पनि कुम्युनिष्ट सँग चुनावमा सहकार्य जाने भनेर काग्रेसले निर्णय गर्यो भने त्यो भन्दा दुर्भाग्य अरु नहुने पनि उनले बताए ।
काग्रेस नेतृत्वको अझै पनी चेत नखुल्ने र केवल सत्ताका लागी मात्रै जस्तो सुकै हर्कत गर्ने हो भने काग्रेस पार्टीको निष्ठा , सिद्धान्त र मर्म केहि बाँकी नरहने ढकालले ठोकुवा गरे ,। माओवादी अध्यक्ष प्रचण्ड घुमाउन सिपालु भएका कारण यस्तो प्रस्ताव गरेको पनि उनले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *