प्रचण्डको स्वास्थ्यमा समस्या, बाहिर हिड-डुल बन्द !

Samchar

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्यमा समस्या देखिएको छ। उनको निजी सचिवालयका अनुसार प्रचण्डलाई रुघाखोकी सँग-सँगै ज्वरो पनि आएको छ।प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक संजाल मार्फत प्रचण्डको स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छन्। प्रचण्डलाई रुघाखोकी सँग-सँगै ज्वरो आएपनि कोरोना परिक्षण भने नेगेटिभ आएको दाहालको भनाई छ।“देश विदेशबाट धेरै साथीहरुले अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यबारे बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको हो। कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य छ।”,दाहालले फेसबुकमा लेखेकी छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बिहिबार बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ । बिहिबार माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष प्रचण्डले आफूले अस्वस्थता महसुस गर्दागर्दै पनि कार्यक्रममा आएको बताएका थिए ।रुघा, खोकी, ज्वरो देखिएपछि परीक्षण गरिएको थियो । कोरोना भाइरस सङ्क्रमणको समेत परीक्षण गरिएको तर कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ ।परीक्षण गरेका चिकित्सकले भाइरल ज्वरो आएको बताएकाले सामान्य औषधी खाएर घरमै आराम गरेर बसेका छन् । अहिलेका लागि सबै भेटघाट बन्द गरिएको उनको सचिवालयले बताएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *