पूनर्बहाली माग गर्दै टोपबहादुर सहित चार जनाले दायर गरेको रिटमाथि सुनुवाई हुँदै, पूनर्बहाली होलान त ?

सांसद पदमा पुनर्बहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिटमाथि आज सनुवाई हुँदैछ । सर्वोच्च अदालतमा दायर चारै जनाको रिटमाथि न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाई हुने भएको हो ।यसअघि यी चार नेताले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको बताएका थिए । तर, उनीहरुले हिजो बुधबार दायर गरेको रिटमा भने आफूहरुले दल त्याग नगरेको बताईएको छ । यी चारै जना नेता केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका थिए***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+