पारसको गेटअपमा भरतमणि, योगेशकाे यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपाका नेता एवम् गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईले कमेडी च्याम्पियन सिजन-२ का प्रतिस्पर्धी भरतमणि पौडेलको शनिबारको प्रस्तुतीको प्रसंसा गरेका छन् । आज भरतमणिले पूर्व युवराज पारस शाहको गेटअपमा प्रस्तुती दिएका थिए ।उनको प्रस्तुतीको प्रसंसा गर्दै नेता भट्टराईले भने, ‘आजको धमकेदार र बबाल प्रस्तुतीले अब निर्धक्क भन्न सकिन्छ, ताप्लेजुङ् (पाथिभरा) को शिरबाट उदाएका भरतमणी पौडेल एक पछि अर्को भुगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रब्यापी बनाउन सफल भएका छन् । राम्रो अवसर पाए र आफैँले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्नेछ । भरतमणी भाई धेरै शुभकामना ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसअघि पनि नेता भट्टराईले भतरमणी पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका थिए । भट्टराईले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो । सो पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने बताइएकाे छ ।
आजकाे प्रस्तुतीमा पौडेलको गेटअप पूर्व युवराज शाहसँग हुबहु मिल्दो देख्न सकिन्छ । शाहकै हाउभाउमा उनले प्रस्तुति समेत दिएका छन् । प्रस्तुतिमा राजाको शासन समयमा कलाकार दरबार छिर्ने प्रसंगदेखि केही अगाडि पूर्व युवराज शाहको हेल्मेट काण्डबारे समेत उनले बाेलेका छन् । उनकाे यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ ।पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+