पहिलो पत्रकार सम्मेलनमा तालिबानले भन्यो – अब सबै नेपाली को सुरक्षा हाम्रो जिम्मा, अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न आग्रह,‘महिलालाई पनि इस्लामी कानुनअनुसार अधिकार,

Samchar

पहिलो पत्रकार सम्मेलनमा तालिबानले भन्यो – अब सबै नेपाली को सुरक्षा हाम्रो जिम्मा, अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न आग्रह,‘महिलालाई पनि इस्लामी कानुनअनुसार अधिकार, मिडिया स्वतन्त्रकाठमाडौं । अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलोपटक सार्वजनिक भएका छन् । मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् । उनलाई पहिलोपटक विश्वले देखेको हो । अहिलेसम्म उनको तस्बिर मिडियामा सार्वजनिक भएको थिएन । मुजाहिदले ​मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘हामी कसैसँग बदलाको भावना राख्ने छैनौँ । हामीलाई बाह्य वा आन्तरिक दुश्मन चाहिँदैन । तालिबानी नेता जलालाबादमा नयाँ रणनीति तयार गरिरहेका छन् भने उता दोहामा पनि वार्ता चलिरहेको छ ।

हामीलाई अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा गर्व छ । अफगानिस्तानको जमिन कसैको विरुद्ध प्रयोग गर्न दिँदैनौँ मुजाहिदले भने, ‘आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौँ । हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौँ । सबै दूतावास सुरक्षित छ । वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रलाई यो भरोसा दिलाउन चाहन्छु कि अफगानिस्तानमा सबै सुरक्षित छन् । अफगानिस्तानको जमिनको प्रयोग कुनै पनि देशको विरुद्ध हुन दिने छैनौँ । हामी विश्वलाई भरोसा दिन चाहन्छौँ कि हाम्रो जमिन तपाईंको विरुद्धमा प्रयोग हुन दिन्नौँ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *