पहिरोमा खटिएका सुरक्षाकर्मीलाई स्थानीयबासीबाट सडकमै खाजा !

पश्चिम म्याग्दी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक सञ्जाल विच्छेद भएपछि मंगला गाउँपालिका–२ सिम–ताराखेत पहिरोमा खटिएका सुरक्षाकर्मीलाई सडकमै खाजा खुवाउँदै स्थानीय । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको मर्मतमा सुरक्षाकर्मीलाई स्थानीयले समेत साथ दिएका छन् ।

निरन्तरको बर्षासँगै कारण एकसातादेखि अवरुद्ध भएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४,फापरखेतको अवरुद्ध हटेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बर्षाले सडक बगाएपछि पश्चिम म्याग्दी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक सञ्जाल विच्छेद भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयबासीको सक्रियतामा सडक मर्मत गरिएको थियो ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने उक्त पहिरोले बर्खामा निरन्तर सताउने गरेपनि तत्काल बैकल्पिक मार्ग नभएकाले मर्मत गरी सञ्चालनमा ल्याइएको प्रजिअ गणेशबहादुर अधिकारीले बताउनुभयो ।

‘बर्षा रोकिएपछि अवरुद्ध भएका सडकको आवश्यकता अनुसार मर्मत गर्नुपर्छ,‘अवरुद्ध भएका अन्य स्थानमा पनि टोली खटिएको छ’ प्रजिअ अधिकारीले भन्नुभयो । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको मंगला गाउँपालिका–२ सिम–ताराखेतमा समेत मर्मतकार्य अन्तिम चरणमा पुगेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment