मान्छेका आ-आफ्नै सपना हुन्छन्। कसैका सपना पूरा हुन्छन् कसैका हुँदैनन्। तर निरन्तर प्रयास गरे सपना एकदिन अवश्य पूरा हुन्छन् भन्ने मान्यता छ। बझाङका २४ वर्षीय मुकेश जोशी कडा मेहनतपछि आफ्नो सपना सकार बनाउन सफल भएका छन्।
बझाङ जयपृथ्वी नगरपालिका-८ जोशीगाउँका मुकेशले कलिलो उमेरमा विश्व कीर्तिमान बनाउँदै गिनिज बुकमा नाम लेखाएका छन्। उनले लामो समयसम्म लगातार पढेर गिनिज बुकमा नाम लेखाएका हुन्। उनले लगातार १२५ घण्टा पढेर यो कीर्तिमान बनाएका हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
काठमाडौंको न्यू प्लाजास्थित नेम इनिस्चुटमा उनले लगातार पढेर १२५ घण्टा पूरा गरेका थिए। गिनिज इभेन्ट्स नेपालको आयोजनामा जोशीले विभिन्न दर्शन, इतिहास, संविधान तथा त्यहाँ उपलब्ध पुस्तकहरू पढेका थिए। उनले २०७७ कार्तिकमा गिनिज बुकमा नाम लेखाएका हुन्। सानै देखि पढ्न रुचाउने उनी पढाइमा नै केही नयाँ गर्ने सोचमा थिए।
‘सानैदेखि किताबहरु पढ्न धेरै मन पर्थ्यो’ मुकेश भन्छन्, ‘त्यही रुचीले गर्दा नै यो विद्यामा रेकर्ड राख्न सफल भएको हुँ’ उनले भने। आफ्नो अभियान सफल भएकोमा उनी निकै खुसी छन्।
यो आफ्ना लागि मात्रै नभएर देशमा लागि पनि उपलब्धी भएको उनको भनाइ छ। ‘यसमा म उत्साहित छु। नेपाललाई विश्वसामु चिनाउन सफल भएको छु’ मुकेश भन्छन्, ‘मेरा लागि मात्र होइन, देशका लागि पनि गौरवको हो।’
विपन्न परिवारमा जन्मिएका मुकेशले गाउँकै जालपा माध्यमिक विद्यालयबाट पढेका थिए। त्यहाँबाट एसएलसी पास गरेपछि स्थानीय सत्यवादी स्कुलबाट भर्ना भए। प्लस टु गरेपछि जयपृथ्वी क्याम्पसमा स्नातक पढ्नका लागि भर्ना भएका थिए।
उनलाई विश्व कीर्तिमानी बनाएर गिनिजबुकमा नाम लेखाउन भने कैलाली बहुमुखी क्याम्पसले सहयोग गरेको मुकेशले सुनाए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****