जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेकाहरू सरकारी सुविधाको कुन हदसम्म दु’रु’प’यो’ग गर्दा रहेछन् भन्ने उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ ।
पदमा नरहेपछि सरकारी सुविधा फिर्ता दिनुपर्नेमा सुदूरपश्चिम प्रदेशकासामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सरकारी निवासका सामान मात्रै होइन बाथरुमको ऐनासमेत घर लगेको पाइएको छ ।
जेठ १४ गते राजीनामा दिएका सुवेदीले क्वार्टरबाट बाहिरिँदा फर्निचरलगायत सम्पूर्ण सामान लिएर गएको मन्त्रालय स्रोतले बताएको छ ।
पूर्वमन्त्री सुवेदीले सरकारी निवासबाट म्याट्रेस, तन्ना, सोफा, कुर्सी, टेबल, रेफ्रिजेरेटर, टेलिभिजन, गलैँचा, सिरक र भान्सामा रहेका भाँडाकुडासमेत उठाएर लगेको स्रोतले बताएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
आफ्नै कोठा सरे जसरी क्वार्टरमा केही बाँकी नराखेर सबै लानुभएछ’, स्रोतले भन्यो, ‘अहिले हामीलाई नयाँ सामान जोरजाम गर्न स’म’स्या भइरहेको छ ।’
मन्त्री पदबाट हटेलगत्तै उनले सरकारी सुविधा फिर्ता गर्नुपर्ने भए पनि निजी सचिवालयका लागि सरकारले उपलब्ध गराएको २ थान ल्यापटप र मोटरसाइकल पनि फिर्ता नगरेको स्रोतले बतायो ।
सुवेदीले भएभरका सामान लगेपछि हाल नियुक्त सामाजिक विकासमन्त्री लालबहादुर खड्काका लागि प्रदेश सचिव रघुराम बिष्टको सचिवालयबाट फर्निचरलगायत सामग्री लगेर व्यवस्थापन गरेको बताइएको छ ।
तर, पूर्वमन्त्री सुवेदीले आफूले कुनै पनि सामान सरकारी निवासबाट घर नलगेको दाबी गरेका छन् । जनआस्थाले समाचार लेखेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****