एजेन्सी -को रोना महामारीका कारण विद्यालय बन्द भयो । त्यसपछि ५ कक्षाकी विद्यार्थी तुलसी घरमै बस्न बाध्य भइन् । विद्यालयले पढाइ सुरु गरेको तुलसीले जानकारी पाइन् तर उनी कक्षामा उपस्थित हुन सक्दिनथिन् । कक्षा अनलाइनबाट चलिरहेको थियो र यसका लागि तुलसीसँग स्मार्टफोन थिएन । त्यसैले स्मार्टफोन किन्ने पैसा जम्मा गर्न उनले सडक किनारामा आँप बेच्न थालिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यी बालिकाको कथा समाजिक संजालमा यसरी भा इरल भयो कि उनको सपनाले उडान भर्न पाउने भएको छ । बाटोमा आँप बेच्न बसेकी तुलसीसँग १२ वटा आँप थिए । एक व्यक्तिले उनलाई ती प्रत्येक आँपको १० हजार भारतीय रुपैयाँका दरले १२ वटा आँपको १ लाख २० हजार रुपैयाँ (नेपाली रुपैयाँ झण्डै २ लाख) दिएर सबै आँप किनिदिए ।
यी आँप खास आँप पनि थिएनन् । तर, पढाइको लागि ती बालिकाको सं घर्ष देखेर ती व्यक्तिले यति महंगोमा आँप किनिदिएका थिए ।
भारतको झारखण्ड राज्यको जमशेदपुरमा स्ट्रेट माइल्स रोडमा बंगला नम्बर ४७ को आउटहाउसमा बस्ने ११ वर्षकी तुलसी ५ कक्षाकी छात्रा हुन् । उनको परिवारको आर्थिक अवस्था कमजोर छ । उनको परिवारले उनलाई पढाइरहेका त थिए तर को रोना ले स्कुल बन्द भए । स्कुल बन्द भएपछि अनलाइन कक्षा सुरु भयो तर तुलसीको पढाइ भने ठप्प भयो किनकि उनीसँग स्मार्टफोन थिएन ।
तुलसीले पैसा जुटाउन आँप बेच्न थालिन् । उनले आफू बस्ने बंगलाको बगैंचामा फलेका पाकेका आँप टिपेर ल्याएर सडकमा बेचिरहेकी थिइन् । यस क्रममा तुलसीको यो कहानी सामाजिक संजालमा भाइरल भयो ।
सामाजिक संजालमा भाइरल भइरहेको यो कहानी मुम्बइको भ्यालुएबल एडुटेनमेन्ट कम्पनीमा उपाध्यक्ष अमेया हेतेसम्म पुग्यो । त्यसपछि उनले तुलसीलाई सहयोग गर्न अगाडि आए ।
उनले तुलसीका १२ वटा आँप प्रतिआँप १० हजारका दरले १ लाख २० हजारमा किनिदिए । अब अमेया हेतेले तुलसीको सपनालाई नयाँ उडान दिएका छन्, तुलसी कहाँसम्म पुग्छिन् त्यो भने हेर्न बाँकी नै छ । यो पैसाबाट लुतसीले १३ हजार रुपैयाँमा स्मार्टफोन किनेकी छिन् । बाँकी रकम उनले अगाडिको पढाइको लागि राखेकी छिन् । अब भने उनी सडक किनारामा आँप बेचिरहेकी देखिन्नन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****