पछिल्लो २४ घण्टामा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

Samchar

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका कसैको ज्यान गुएको छैन । त्यस्तै १० देखि १९ वर्षसम्मकाले पनि ज्यान गुमाएका छैनन् । त्यस्तै, आज २० देखि २९ वर्ष सम्मका ४ जनाले ज्यान गुमाएका छन् । ३० देखि ३९ वर्षका ३ जनाले ज्यान गुमाएका छन् । ४० देखि ४९ वर्षका ४ जना र ५० देखि ५९ वर्षका २ जना रहेका छन् ।

कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा धेरै ६० वर्षभन्दा माथिका रहेका छन् । ६० वर्ष भन्दा माथिका १३ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ४४६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै अहिले देशभर ७१४ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या १० हजार ४५४ पुगेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *