नेपाल लाइफद्वरा बीमितकै घरमा पुगेर १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी

Samchar

धनगढी । कोरोना संक्रमणबाट ज्यान गुमाएका आफ्ना बीमितका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी दिएको छ ।
सुदूरपश्चिम प्रदेशमै यति ठूलो रकम भुक्तानी गरिएको यो पहिलो घटना हो । कम्पनीले धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी बीमित नारायण लम्सालका परिवारलाई कम्पनीले सो रकम हस्तान्तरण गरेको छ ।
बीमितकै घरमा पुगेर आश्रित श्रीमती पुर्णमाया आर्चाय लम्साललाई १ करोड २४ लाख रुपैंया रकमको चेक हस्तान्तरण गरिएको हो । नेपाल लाइफ सुदूरपश्चिम प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शैलेश श्रेष्ठ, धनगढीका शाखा प्रमुख धिरेन्द्र डाँगी,अभिकर्ता रक्षा महरा, धनगढी उपमहानगरपालिका ७ का अध्यक्ष सीताराम रानाले मृतक लम्सालकी श्रीमतीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । ५० वर्षका लम्सालको कोरोना सङ्क्रमणका कारण गत वैशाख १७ गते काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *