नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

काठमाडौँ, ३१ जेठ । नेपालले कालापानी–लिपुलेक विवादमा वार्ता चलिरहेको बताईरहेका बेला भारतले त्यस स्थानमा धमाधम निर्माण कार्य सञ्चालन गरिरहेको छ ।नेपालले वार्ता थालिरहेकै बेला भारतले दोस्रो प्रगति सार्वजनिक गरिसक्यो । तर नेपालले चाहेको वार्ता कहिले हुन्छ र जमिन कहिले फर्किन्छ भन्ने विषय थप अन्योल बनेको छ ।

 

भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो उद्घाटन गरेको एक वर्ष, एक महिना पुग्यो । गतवर्ष नेपाली भूभाग समेटेर निर्माण थालेपछि नेपाल–भारत सीमालाई लिएर चर्को विवाद भएको थियो ।

 

तर नेपालमा चर्किएको विवाद सेलाउँदै गयो भने भारतले धमाधम निर्माण कार्यलाई तिव्रता दियो । फलतः नेपाली भूभागमाथि सडक निर्माणको जिम्मा पाएको सेनाको कामले भारत गर्वले छाति फुलाईरहेको छ । शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभागमा सडक निर्माण गरिरहेको भारतीय सेनाको खुलेर प्रसंशा गरे ।

 

नेपाली भूमि हुँदै मानसरोवर जाने सडकको नयाँदिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको १३ महिनापछि भारतका रक्षामन्त्री सिंहले थप प्रगति बाहिर ल्याएका हुन् । भारत निर्माण कार्यको प्रगतिले दंग परिरहेका बेला हाम्रो सरकार अतिक्रमित सीमा फर्काउन वार्ताको प्रयास गरिरहेको भन्दै जनताका आँखामा छारो हाल्ने काम गरिरहेको छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

 

बरु सरकारमा टिकिरहने फण्डा र सत्तामा जाने भ¥याङका रुपमा वार्ता गरिरहेको भनाई दोहोरिरहन्छन् । जुन नवनियुक्त गृहमन्त्रीले समेत दोहो¥याएका छन् । विहिबार सपथ खाएपछि सरकारका गृहमन्त्री खगराज अधिकारीले नेपालको एक इञ्ज भूभाग पनि नछोड्ने दाबी गरे ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

+