काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गरिरहेका छन् । उनको सरकारको ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री छन् माओवादी नेतृ पम्फा भुसाल । उनै भुसालको योजना अनुसार नेपाली जनताले निशूल्क विद्युत उपलब्ध गराइने भएको छ ।गरिवीको रेखामुनि रहेका जनतालाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउने भएको हो । सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिन आफूले गृहकार्य थालिसकेको जानकारी दिइन् ।भुसालले गरिवीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भइनसकेको स्पष्ट पारिन । मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेको बताइन् । आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने उनको भनाई थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
