नेपाली काँग्रेसका चर्चित नेता एमाले प्रवेश, केपी ओलीको खुशीको सीमा रहेन l

कैलाली – नेपाली कांग्रेसका चर्चित युवा नेता नेकपा एमाले प्रवेश गरेका छन् । पार्टीका कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका हुन् । आज एक कार्यक्रमबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा ओलीले युवाको पार्टी एमाले हो भन्दै खुशी सांटेका थिए ।उनको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाललगायतको उपस्थिति थियो । २०६४ सालदेखि निरन्तर राजनीतिमा रहेका न्यौपाने जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+