नेपाली कप्तान किरण चेम्जोङ भन्छन् : ‘नयाँ प्रशिक्षकले नेपाली फुटबलको कायापलट गर्छन्’ ( हेर्नुस अन्तर्वार्ता )

Samchar

काठमाडौं : नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको प्रशिक्षणमा विश्वकप तथा एसिया कप छनोट खेलबाट टोलीमा सकारात्मक ऊर्जा मिलेको राष्ट्रिय फूटबल टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् ।

छनोट अन्तर्गतका पछिल्ला ३ खेल खेलेर हिजो राती नेपाल फर्किएको टोलीले कुवेत भ्रमणबाट धेरै कुरा सिक्न पाएको कप्तान तथा गोलकिपर किरणले बताएका हुन् । टोलीका पुराना खेलाडीसमेत रहेका उनले पहिले र अहिलेको टोलीमा धेरै भिन्नता देखिएको अनुभव साटेका छन् ।

छनोट खेलकै लागि एसियन फूटबल कन्फेडेरेशनको पहलमा नेपाल आएका मुख्य प्रशिक्षक अलमुताईरीको प्रशिक्षण र शैलीले टोलीमा सकारात्मक ऊर्जा मिलेको उनले बताए । खेलाडीहरुमा मनोबल बढेको र नतिजाका लागि आँतुर रहेको किरणको अनुभव छ ।

इराकसँगको मैत्रीपूर्ण खेल र छनोट चरणमा आफूभन्दा स्तरीय टोलीसँग खेल्दा नेपालले राम्रो नतिजा निकालेको र यस्तो म्याच एक्सपोजर पाएमा नेपाली फूटबलको स्तर वृद्धि हुने किरणको विश्वास छ ।

विश्वकप तथा एसिया कप छनोट अन्तर्गत नेपालले कुवेतमा चाइनिज ताइपेईलाई हराउँदा जोर्डन र अस्टे«लियासँग भने पराजित भएको थियो । हारसँगै एसिया कप छनोटको तेस्रो चरणमा सोझै प्रवेश गर्ने नेपालको सम्भावना सकिएको छ । अब नेपालले एसिया कप छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने हुन्छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *