नेपाललाई मानविय सहयोग पुर्‍याउन यसरी जुट्यो अमेरिकी नेशनल गार्ड

एनआरएनए अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो ।युटाह नेशनल गार्डको १५१ औं एयर रिफ्युलिङ विङले मंगलबार आफ्नै प्रयासमा एनआरएन अमेरिकाले उपलब्ध गराएको ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामाग्री युटाह राज्यको साल्ट लेक सीटीमा अपलोड गरेको थियो । एनआरएनए अमेरिका र अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत अमेरिकी सेना मार्फत सहयोग सामाग्री ढुवानीमा सहमति भएपछि अमेरिकी सेनाको विमानले शुक्रवार स्वास्थ्य उपकरण र सामाग्री लिएर नेपाल आइपुग्दै छ । अमेरिकी सेनाले यसलाई नेपालका लागि जीवन बचाउने उपकरण र मानवीय सहयोग ढुवानीमा सहजकर्ताको भुमिका निभाएको जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+