नेपालमा थप २५ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?

Samchar

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७५२ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ५७७ र चार हजार ३६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर दुई हजार ३३७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३४ हजार ६७६ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ९२३ संक्रमित रहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *