नेपालकै बुढानिलकण्ठमा सुतिरहनुभएको छ भगवान विष्णु, ॐ लेखी दर्शन गर्नाले लाभ मिल्नेछ !

Samchar

भगवान् नीलकण्ठको प्रस्तुत शेषशायी पोखरी परिसरमा अन्य देवीदेवताका मूर्तिहरू एवं शि’वलिङ्गहरूका साथै सत्तल, पाटीहरूका साथ यज्ञशाला, होम कुण्डहरू पनि छन्। यो आदिम कालदेखिको मन्दिर र मुर्ति हो । यसैले यो साक्षत भगवान विष्णु सुतिरहनुभएको हो भन्ने विश्वास सबैमा छ । भगवानको दर्शन पूजन गर्नाले धन धान्यादिले परिपूर्ण हुनुका साथै स्त्री पुत्रबाट सुख सन्तोष भई अन्तमा नारायण गति प्राप्त हुन्छ भन्ने नेपाल महात्म्य, हिमवत्खण्डमा उल्लेख गरिएको छ।

धेरैलाई थाहा नभएको हुन सक्छ । भगवान विष्णु नेपालको तलाउमा अहिलेपनि मस्त सुतिरहनुभएको छ । राजधानी काठमाडौको बुढानिलकण्ठमा यो दृष्य देख्न पाइन्छ । यो प्रस्तर मूर्ति भगवान विष्णुको हो भन्ने विश्वास गरिन्छ किन भने मूर्ति, चतुर्भुज भगवान नारायण कै प्रतित हुन्छ। भगवानका चारहातमध्ये तीन हातमा शङ्ख, चक्र र गदा रहेको छन् भने चौथो हातमा कमलको फूल हुनुपर्नेमा अलिकति फरक विभूति खरानीको डल्ला जस्तो रहेको देखिन्छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *