आफूले रकम तिरेअनुसारको इन्टरनेट नचलेपछि इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको कार्यालय घेराउ गरिएको छ ।
वर्ल्डलिंकको काठमाडौंस्थित कोटेश्वरमा शाखा घेराउ गरिएको हो । कार्यालय घेराउ गर्न पुगेका सेवाग्राहीहरुले इन्टरनेट नचलेको, कस्टमर केयर सिस्टम राम्रो नभएको, इन्टरनेट नचलेको समयमा पनि रकम काटिएको लगायतका गुनासो गरेका थिए ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
पछिल्लो समयमा नेपालमा सर्वाधिक धेरै ग्राहकहरु रहेको वर्ल्डलिंकको सेवामाथि बेलाबेला प्रश्चचिन्ह आउने गरेका छन् ।
कार्यालय घेराउ गर्न पुगेका सेवाग्राहीहरु ।
वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले गैरकानूनी रुपमा टेलिभिजन सिंग्नल वितरण गरिरहेको तथा राज्यलाई रोयल्टी समेत नतिरेको भन्दै केही समयअगाडी सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा लिखित उजुरी परेको थियो ।
नेपाल दूरसञ्चार प्रधिकरणले चैत २०७७ मा सार्वजनिक गरेको एमआइएस प्रतिवेदनका अनुसार वर्ल्ड लिंकका देशभर ४ लाख ६८ हजार भन्दा बढी ग्राहक छन् भने नेपाल टेलिकमको एडिएसल र एनटी फाइवर प्रयोग गर्नेको संख्या २ लाख ८९ हजार छ ।
४० वटा इन्टरनेट सर्भिस प्रोभाइडर हुँदा वर्ल्ड लिंकको बजार हिस्सा ३२ प्रतिशत भन्दा बढी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****