नेकपा एमालेको दोस्रो अध्यक्षमा भीम रावल ?

Samchar

काठमाडौं । नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रोमा गर्ने भएको छ ।स्रोतका अनुसार भीम रावललाई एमालेको दोस्रो अध्यक्ष बनाउन आग्रह गरेका थिए। तर ओलीले पछि विचार गरौला भन्दै कुरा टारेको एक नेताले जानकारी दिए।माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

साथै महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।

त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने पनि स्थायी कमिटी बैठकले गरेको छ । २ जेठ २०७५ मा कायम रहेका सदस्यहरु, त्यसपछि थप भएका र एकता प्रक्रियामा आएका कार्यकर्ताको पनि सदस्यता नवीकरण गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *