निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

­३० जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ ।

 

निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई पनि जरिवाना तिराइएको छ । उनीहरुलाई १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएको हो ।

 

यसअघि तोकिएको समयभन्दा बाहिर पनि स्टोर खोलेको भन्दै कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्टर स्टोरका म्यानेजरलाई पनि जरिवाना तिराइएको थियो ।

 

प्रशासनले लगाएको निषेधको आदेश उल्लंघन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

Leave a Comment