निलम्बित सांसद प्रवेशपछि कर्णाली प्रदेशसभामा एमाले आक्रोशित, कँडेलको प्रश्न- निर्दलीयता खोजिएको हो ?

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकमा निलम्बित तीन सांसद प्रवेश गरेपछि एमाले सांसद आक्रोशित भएका छन् । बैठक कार्यसूचीमा प्रवेश नगर्दै एमाले संसदीय दलका नेता यामलाल कंडेलले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरू एमालेको सांसद भएको बताउँदै प्रदेशसभामा निर्दलीय व्यवस्था शुरू गर्न खोजिएको हो ? भनेर प्रश्न गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

निलम्बित सांसद प्रवेशपछि कर्णाली प्रदेशसभामा एमाले आक्रोशित, कँडेलको प्रश्न- निर्दलीयता खोजिएको हो ?
नेपाल प्रेस २०७८ असार १३ गते १६:५२
38
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonsharethis sharing button

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकमा निलम्बित तीन सांसद प्रवेश गरेपछि एमाले सांसद आक्रोशित भएका छन् । बैठक कार्यसूचीमा प्रवेश नगर्दै एमाले संसदीय दलका नेता यामलाल कंडेलले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरू एमालेको सांसद भएको बताउँदै प्रदेशसभामा निर्दलीय व्यवस्था शुरू गर्न खोजिएको हो ? भनेर प्रश्न गरे ।

आज बसेको कर्णाली प्रदेशसभाको बैठकमा एमालेबाट निलम्बित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापा सहभागी भएपछि एमालेले आपत्ति जनाएको हो । एमालेले उनीहरूलाई संसदीय काम र कारवाहीमा सहभागी गराउन नपाइने माग गर्दै आएको छ ।

‘वैशाख ३ गते फ्लोर क्रस गरेर संसदीय दलको निर्णयविरुद्ध जाने चारैजनालाई कारवाही एमालेले गरेको हो । संसदीय दलको सदस्य र पार्टीको साधारण सदस्यबाटसमेत हटाएको हो । हामीले चाहेर वा खोजेर अथवा हारगुहार गरेर उहाँहरू सांसद हुनु भएको होइन । उहाँहरूलाई सर्वोच्च अदालतले नै एमाले संसदीय दलको सदस्यको हैसियतमा फर्काइदिएको हो’, नेता कंडेलले भने, ‘सर्वोच्चको आदेश अनुसार नै सभामुखज्यूले पत्र पढेर सुनाउनु भएको हो । उक्त पत्र अनुसार सभाभित्रको बसाइ व्यवस्थापन गर्न आवश्यक छ । सभामुखले गरेको बसाइ व्यवस्थापन अनुसार नै उहाँहरू बस्नुपर्नेमा किन सरकारको रोमा गएर बस्नु भएको हो ? सभामुख महोदय, निर्दलीय व्यवस्थाको चरित्र अंगिकार गर्न खोजिएको भए हाम्रो भन्नु केही छैन ।’ सभाभित्र जहाँ बसेपनि हुने भन्ने व्यवस्था नभएको बताउँदै दलीय आचरस र व्यवहार सबैले प्रस्तुत गर्नुपर्नेमा उनको जोड छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment