बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगेकाले अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको बताएका हुन्।‘सरकार निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्यको नजिक पुगेको छ। अनुसन्धानको प्रक्रिया बाहिर ल्याउँदा अपराधी भाग्न सक्ने भएकाले पनि अनुसन्धान को अवस्था बाहिर नल्याइएको हो’ गृहमन्त्री खाँडले भने, ‘प्राप्त सूचना हेर्दा सत्य तथ्य छिट्टै पत्ता लाग्छ।’भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। तर उनको हत्यामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो, छिट्टै पक्राउ गरिन्छ : गृहमन्त्री खाँड
By laxmi
August 28, 2021