निर्णायकले प्रस्तुति नबुझेपछि कमेडी च्याम्पियनको शेटमै रोए विक्की

Samchar

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधिका दावेदार मानिएका प्रतियोगी मध्येका एक हुन् विक्की अग्रवाल । विक्की शोको हरेक एपिसोडमा फरक–फरक प्रस्तुति दिँदै दर्शक र निर्णायक रिझाएर उत्कृष्ट ४ मा पुग्न सफल भएका थिए ।शनिबार साँझको नयाँ एपिसोडमा पनि उनले फरक दिने कोसिस गरे । जसका लागि उनले रोजेका थिए ‘माइम एक्ट’ । ‘माइम एक्ट’ मा उनले मानिस निदाएको बेला मन कसरी सक्रिय रहन्छ ? भन्ने प्रस्तुति मोनोलकको सहारमा प्रस्तुत गरेका थिए ।

उनले यो प्रस्तुतिबाट पनि आफ्नो यस अगाडिको प्रस्तुतिमा झै दर्शक हाँस्ने अपेक्षा गरेका थिए । तर हाँसो र तालीको गडगडाहाट रहँदै आएको शोमा यो पटक भने उनको प्रस्तुतिमा सन्नाटा छायो । विक्कीको आफ्नो नयाँ थिम दर्शक र निर्णायकका लागि नयाँ स्वाद हुने सोचका साथ प्रस्तुति राखेका थिए । अपसोच, विक्कीको राखेको उक्त प्रस्तुति न निर्णायकले बुझे, न त्यहाँ उपस्थित दर्शकले । सोही कारण उनको प्रस्तुतिमा दर्शक तथा निर्णायकले पहिले झै मनोरञ्जनात्मक फिल गरेनन् । सोही कारण पनि विक्की निकै भावुक देखिन्थे । उनको आँखा आँसुले भरिएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *